प्रदेश

नव प्रभात सामुदायीक वनद्धारा उपभोक्तालाई विभिन्न तिन विधाका तालिम प्रदान




हरि घिमिरे, १० साउन ।
नव प्रभात सामुदायीक वन उपभोक्ता समितीले उपभोक्तालाई विभिन्न तिन विधाका तालिम प्रदान गरेको छ । वनले कृषि, पशुपालन र कुशन डल्स सम्बन्धी तालिम प्रदान गरेको हो । वनले मंगलवार (आज) एक कार्यक्रमको आयोजना तालिमको समापन गरेको छ । वडा न. ८को मालिका मन्दीरको हलमा १५ दिने कृषि, १५ दिने पशुपालन तथा १६० घण्टाको कुशन डल्स तालिम सञ्चालन गरिएको थियो । नव प्रभात सामुदायीक वनको आर्थिक सहयोग तथा लुम्बिनी पोलिटेक्नीक इन्स्टिच्युट प्रा.लि.को प्रविधिक सहयोगमा तालिम गरिएको होे ।

तालिमको समापन कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी डिभिजन वन कार्यालय कपिलवस्तुका डि.एफ.ओ विजयराज सुवेदिले तालिममा सिकेका सबै सिपलाई व्यवाहारमा उर्तान सुझाव दिनुभयो । उहाँले सामुदायीक वनहरुले सञ्चालन गरेका थुप्रै यस्ता तालिमहरुको उदाहरण दिदै नव प्रभात सामुदायीक वनले सञ्चालन गरेका तालिम पनि त्यस्तै उदाहरण बन्न सकोस भन्ने शुभकामना दिनुभयो । डि.एफ.ओ सुवेदिले वन जंगलको संरक्षण गर्न सकेमा उपभोक्तले सिपमुल तालिम धेरै पाउने र आय आर्जन संग जोडिएर आर्थिक संबृद्धि हासिल गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले तिनवटै तालिमले वडाको आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भयो । उहाँले भन्नु भयो “यदि प्रशिक्षर्थीले यि सबै तालिमलाई मनमा लागेर सदुपयोग गर्नु भयो भने पक्कै वडाको आर्थिक विकासमा टेवा पुग्छ ।” त्यस्तै उहाँले सबै प्रशिक्षार्थी हरुलाई तालिममा सिकेका कुराहरुलाई पुर्नताजगि गर्नु परेमा वडाले सदैव सहयोग गर्ने बताउनु भयो ।

यस्तै प्रविधिक सहयोग गर्ने लुम्बिनी पोलिटेक्नीक प्रा.लि.का सञ्चालक अरुण अर्यालले सिपमुलक तालिमलाई सिपयुक्त गरेर आर्थिक विकासमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष समेत रहनुभएका नव प्रभात सामुदायीक वनका अध्यक्ष डिल्लीराज रेग्मीले वन व्यवस्थापन तथा वन जोगाउन उपभोक्ताको साथ र सहयोग अपरिहार्य रहेको जिकीर गर्नु भयो । उहाँले वन बाट आयको आर्थिक सहयोगले उपभोक्ताले तालिम पाउने र अन्य लाभ लिन सक्ने हुदाँ वन व्यवस्थापन सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा तालिममा सहभागी माया पाण्डे, खेमराज भट्टराई, माया घिमिरेले सिकेका सिकाईलाई निरन्तरता दिने प्रतिबद्धका साथ प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ९० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वनका उपाध्यक्ष मित्रलाल कंडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन टोल अध्यक्ष लक्ष्मी पौडेलले गर्नु भएको थियो ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६