अर्थ-वाणिज्य

दलित र महिलाको भू-स्वामित्व उत्साहजनक रुपमा बृद्धि




कपिलवस्तु १० साउन ।कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढदै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुनेक्रम अहिले उत्साहजनक रुपमा बृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ष्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भुस्वामित्व बढेको हो । सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेशनमा सहुलियत दिए पछि महिलाको जग्गामा स्वामित्व बढदै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ । यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन् ।

भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेललेले अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको बताउनुभयो । मोलपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा ५ हजार १५५ जना महिलाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरुले १ करोड ५८ लाख ६७ हजार ३०६ रुपैया छुट पाएका छन । २०७७/०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको थियो । त्यस बापत उनीहरुले १ करोड ८५ लाख ९८ हजार ९६० रुपैया छुट पाएका थिए । सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन् । महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन ।
उता गत आर्थिक बर्ष ५ सय १० जना दलितको नाममा जग्गा पास भएको छ । दलितले जग्गा किन्दा रजिस्ट्रेशनको ५० प्रतिशत छुट पाउने प्रावधान छ । त्यस वापत दलितहरुले. २९ लाख ८४ हजार ७०५ रुपैया छुट सुबिधा पाएका हुन । ७० बर्ष नाघेका ५२ ज्येष्ठ नागरिको नाममा समेत जग्गा पास भएको छ । त्यस बापत २५ प्रतिशत छुप पाएका हुन । जुन १ लाख ७ हजार ५४० रुपैया रहेको छ । यस्तै १५ जना नाबालकको नाममा समेृत जग्गा पास भएको छ । जसबाट २५ प्रतिशत छुट सहुलियत पाएका हुन । त्यस वापत उनीहरुले ५ लाख ४२ हजार ४५ रुपैया छुट पाएका छन । अन्य ३० जनाले ३८ लाख १० हजार ३२५ रुपैया छुट पाएका छन । उता गत आर्थिक बर्ष कुल १९ हजार १६ लिखत पास भएका छन । भुमीसुधार तथा मालपोत कार्यालयमा गत आर्थिक बर्ष कुल २१ करोड ८१ लाख २३ हजार ४८७ रुपैया ५० पैसा राजस्व संकलन भएको छ । पुजीगत लाभकर भने ४ करोड १७ लाख ९३ हजार ४०४ रुपैया उठेको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६