प्रदेश

भैरहवामा आज पहिलो चार्टर्ड उडानः भियतनामबाट आउने जहाज काठमाण्डौ हुँदै अवतरण हुने



भैरहवा, ११ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक रुपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर्ड उडानरअवतरण हुँदैछ ।

भियतनामको नोइ बाइ इन्टरनेशनल एअरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर आउने १२ सिटे प्राइभेट जडाज काठमाण्डौ हुँदै भैरहवामा अवतरण हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाज मौसमले साथ दिएमा सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

पाँच दिन पार्किङमा रहने जहाज साउन १६ गते काठमाण्डौ हुँदै भियतनाम फर्कने उडान तालिका रहेको पनि उहाँले बताउनुभयो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।

गएको जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एअरवेजले मात्रै उडान गरिरहेको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६