प्रदेश

देशभरका साना नदी तथा खोलामा तीन दिनसम्मै बाढीको जोखिम



काठमाण्डौ, ११ साउन । बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिन मुख्य नदीमा पानीको बहाव बढ्न सक्ने तर सतर्कता तहभन्दा तलै रहने जनाएको छ । तर साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव केही बढेको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि प्रदेश १, मधेस प्रदेश, सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । पर्सि पनि प्रदेश १ र मधेस प्रदेशको तराई तथा चुरे भाग भएर बहने साना केही नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६