खोज–अनुसन्धान

कपिलवस्तुका अस्पतालमा ज्वारो र टाइफाइडका बिरामीको चाप उच्च




कपिलवस्तु १२ साउन । चर्को गर्मिसँगै वर्षा शुरु भएपछि कपिलवस्तुका सरकारी अस्पतालमा उपचार गराउन आउने विरामीको निकै भीड लागेको छ । कोरोना संक्रमणको लक्षण पुन देखिएसँगै वर्षापछि आउने मौसमी विरामीले अस्पतालमा विरामीको भिड नै लागेको हो । अगीपछि दैनिक सरदर ६० देखी ८० जना विरामी आउने कपिलवस्तु अस्पताल तौलीहवामा गर्मी बढेसंगै बर्षाका कारण ओपिडी, इमरजेन्सीमा गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् ।
उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले जानकारी दिएका छन् । वर्षासँगै मौसमी विमारबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न, पानीमा नभिज्न सुझाव समेत दिएका छन् ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६