प्रदेश

आगामी चुनावसम्म अहिलेकै गठबन्धन अघि बढ्छः प्रचण्ड




काठमाण्डौं, १२ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन्। उनले विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताए।

पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने भनेर बैठकमा प्रचण्डले एजेण्डा राखेका छन्। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने एजेण्डा समेत उनले राखेका छन्।
आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेको र बैठकका एजेण्डा राखेको स्थायी कमिटी सदस्य राम कार्कीले बताए । स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे पनि बस्नेछ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६