काठमाडौं, १२ साउन। जनता समाजवादी पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।
निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो । भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा. बाबुराम भट्टराईको नेतृत्वमा रहनेछ ।
त्यसका लागि केन्द्रीय समितिको पुनर्गठन लगायतका काम भने बाँकी नै छ । नेपाल समाजवादी पार्टी रहनेगरी नाम अद्यावधिक गर्ने काम आज सम्पन्न भएको छ । अब छिट्टै नै केन्द्रीय समिति पुनर्गठन गर्ने तयारी रहेको छ । हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहनुभएको छ ।








प्रतिक्रिया