भैरहवा १२साउन।नेपालमा प्रतिबन्धित गाँजा, अन्य लागूऔषध चुरोट, मादक पदार्थसमेत यहाँको बाल सुधारगृहमा रहेका किशोरलाई उपलब्ध हुने गरेको तथ्य बाहिरिँदा पनि यसबारेमा छानबिन गर्नेतर्फ कसैले चासो देखाएका छैनन् । यसबारेमा अहिलेसम्म कुनै पनि निकायबाट छानबिन र अनुसन्धान गरिएको छैन ।
सुधारगृहकी प्रमुख शुभद्रा गौतमले सुरक्षा निकायले सर्च गरी स्थानान्तरण गर्नुपर्ने बन्दीलाई बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरेपछि सुधारगृहको अवस्था शान्त भएपनि सुधारगृहभित्र प्रतिबन्धित सामग्री कसरी पुगे भन्नेबारेमा कुनै छानबिन वा अध्ययन भएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताइन् ।सुधारगृहमा रहेका छोरालाई भेट्न आउने कतिपय अभिभावकले छोराको दबाबमा परेर खानेकुराभित्र नशालु पदार्थसमेत राखेर ल्याउने गरेको पाइएको उनले बताइन् ।
१२ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया