प्रदेश

कपिलबस्तुमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा



कपिलबस्तुको कृष्णनगर क्षेत्रमा कोभिड का सङ्क्रमितहरूको उपचार तथा भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्ने होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको कृष्णनगर क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
नेपाली सेना मार्फत् हनुमान कन्स्ट्रक्सन प्रालिले होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएकोे होल्डिङ सेन्टर निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । कृष्णनगर सिमा नाका मै ६ सय बेड र शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर निर्माण गरिएको हो ।
उक्त होल्डिङ सेन्टरको लागत रु २७ करोड ८७ लाख रहेको छ । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा रहेकोे बताउनुभयो । अक्सिजन सप्लाई सिस्टममा समस्या भएकाले अव केही दिन मै होल्डिङ सेन्टर हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भए पनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूर्ण सेवा सुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ । चार बिगाहा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको विस वटा अलग अलग ब्लग रहेका छन् ।
कपिलबस्तुको नारायण दल गण गोरुसिंगेले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । गणले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिला सुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको जानकारी गराएकोे छ । भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौँको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६