अन्तर्राष्ट्रिय

चीन र अमेरिकाले एक अर्कालाई दिए चेतावनी



१३ साउन
ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताउनुभएको छ । साथै उहाँले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गर्नुभएको छ । तर चिनियाँ राष्ट्रपति सी ले बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिनुभएको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलिसी ताइवान भ्रमणमा जान लागेको खबरपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ । अमेरिकी परराष्ट्र मन्त्रालयले पोलिसीको कुनै त्यस्तो भ्रमण योजना नरहेको बताएको छ । चीनले यो भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।
चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६