प्रदेश

माओवादी केन्द्रका प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन



काठमाण्डौ, १३ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ । यसअघि २० गते, २२ गते र २४ गते हुने कार्यक्रमको मिति परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण पनि बैठक सारिएको महराले जानकारी दिनुभयो । पार्टी पदाधिकारीको बारेमा टुङ्गो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६