प्रदेश

बाघको सङ्ख्यामा दोब्बर बृद्धि



काठमाण्डौ, १३ साउन । नेपालमा बाघको सङ्ख्या बढेको छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ । पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको जानकारी दिनुभएको हो । तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बाघ छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३८ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पटक नेपालमा गएको मंसिरदेखि फागुनसम्म बाघ गणना भएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो ।

सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । तर यसअवधिमा बाघको सङ्ख्या दोब्बरभन्दा पनि धेरैले बढेको छ ।

बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रुपमा मनाइन्छ ।

दिवसका अवसरमा बाघसँगै यसको बासस्थान र आहाराको संरक्षण दिइएको छ । आहारा र बासस्थानको कमीका कारण निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षति बढेको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६