प्रदेश

शितगंगामा ब्राउन सुगरसहित तीनजना पक्राउ



सन्धिखर्क, १३ साउन ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । शितगंगा नगरपालिका वडा नम्बर–८, सातमाराको सुपादेउराली मन्दिरमा बसेर लागुऔषध सेवन गरिरहेका दाङको राप्ती गाउँपालिकाका तीनजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षीय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुम बहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागुऔषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख थापाले जानकारी दिए ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरीचौकी सातमाराबाट खटिएको प्रहरी टोलीले लागुऔषध सेवन गरी रहेको अवस्थामा रंगेहात पक्रेको थियो । पक्राउ परेका तिनै जनालाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । मन्दिरमा लागुऔषध सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६