प्रदेश

अर्थमन्त्री प्रकरणः संसदीय समितिको प्रतिवेदनमा एमालेको फरक मत




काठमाण्डौ, १३ साउन । संसदीय छानविन विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी बुझाएको प्रतिवेदनमा एमालेका सांसदहरूले फरक मत राखेका छन् । समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् ।

एमाले सांसदहरूको फरक मतमा छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य सङ्ग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत विषय उल्लेख गरिएको छ । कतिपय दस्तावेज र विवरण अर्थ मन्त्रालयका कर्मचारीहरूले उपलब्ध नगराएकाले पनि शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्न नपाइएको उनीहरूको भनाइ छ ।

अर्थ मन्त्रालयका कर्मचारीहरूले विवरण लुकाएका कारण बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आशङ्कामा झन् बल पुगेको एमाले सांसदहरूको निष्कर्ष छ । ‘यस विषयमा स्पष्ट कार्यादेशसहितको संयन्त्र बनाएर थप छानबिन गर्नुपर्ने र छानबिनका क्रममा दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाही गर्नु आवश्यक रहेको राय प्रस्तुत गर्न चाहन्छौँ’, फरक मतमा लेखिएको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६