कपिलवस्तु १३ साउन ।बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई शुक्रवार एक समारोहका बीच विदाई गरिएकोछ । बुटवल उपमहानगर पालिकामा सरुवा हुनु भएका अधिकृत पन्थीलाई विदाई गर्दै मेयर चक्रपाणी अर्यालले ६ महिनाको छोटो समयमा वाणगंगाका लागि महत्वपूर्ण काम गरेर अधिकृत पन्थीले लामो परिचय बनाएको वताउनु भएको छ । मेयर अर्यालले छोटो समयमा राम्रो काम गरेको भन्दै अधिकृत पन्थीलाई ,प्रशंसा पत्र ,दोसल्ला , मायाको चिनो र रमाना पत्र हस्तान्तरण गर्दै विदाई गर्नु भएको थियो । त्यसैगरी उपमेयर रिता चौधरीले बाणगंगाले क्षमतावान प्रमुख प्रशासकिय अधिकृतका रुपमा पन्थीलाई पाएपनि उहाँले बाणगंगा भन्दा ठूलो अवसर छिटटै पाएकाले ६ महिनामै विदाई गर्नु पर्ने वाध्यता सृजना भएको वताउनु भयो ।
यता विदाई समारोहमा वाणगंगावासी सबैलाई धन्यवाद सहित आफ्नो अनुभूती सुनाउदै प्रमुख प्रशासकिय अधिकृत पन्थीले सबै जनप्रतिनिधी विचको एकमना एकता ,कामगर्ने उत्साह ,कानुनको पालनमा प्रतिवद्धता शुसासन र पारदर्शीतामा दृढता देखेर आफू निकै प्रभावित भएको वताउनु भयो । बुटवल जस्तो फराकिलो क्षेत्रमा सहसचिवले नेतृत्व गर्ने ठाउँमा सरकारले आफूलाई विश्वास गरेर पठाएकाले केहि नयाँपनका साथ काम गर्ने समेत उहाँले सो अवसरमा वताउनु भयो ।
उहाले हुनत म विदा हुदै गर्दा यस्तो सुझाव दिनु नपर्ने हो भन्दै महत्वपूर्ण ३सुझाव दिनु भएको छ । पहिलो बाणगंगा नगरको आन्तरीक आम्दानीको मुख्य श्रोत बाणगंगा नदी हो । यसको ठेक्का पटटाको विषयमा कुनै न कुनै विवाद हरेक वर्ष ठेकेदारहरुवाट श्रृजना हुने ,त्यसकै आधारमा अख्तियार र अदालतमा मुद्धामामिला हुने गर्दा यस्तोमा प्रशासकीय अधिकृतहरु फस्न नचाहादा छिटो छिटो भाग्ने गरेका छन् । नदीवाट हुने आम्दानीको ब्यवस्थापनको दिगो समाधान खोज्नु होला । दोश्रो यहा आउने अधिकृतका सेवासुविधा प्रति ठूलो सोच हुने तर ब्यवहारमा साना तिना कुरा जान्न र सुन्नमा आउने गर्दा यहा धेरै समय टिक्न नचाहेका होलान । त्यसैले वाणगंगालाई सागर बनाउनु पर्छ जसलेजत्रो भाडो लिएर आउछ उति नै जल लिएर जाओस ।तेश्रो यहाका धेरै मानिस सज्जन र इमान्दार छन् तर केहि सामाजिक अगुवा भनिनेहरुमा समेत नकारात्मक सोच छ । त्यो सोच हटाउन हरेक वडामा एकएक हप्ताको सकारात्मक सोच तालिम चलाउनु पर्नेछ । म गएपनि चलाएर सकारातम सोच विकास गराउनु होला अधिकृत पन्थीले मेयर अर्याललाई सुझाव दिनु भयो ।
अधिकृत पन्थी नै त्यस्तो सौभाग्यशाली अधिकृत हो जो वाणगंगामा ६ महिना बसेर २ कार्यकालको अनुभव आर्जन र योगदान पुराउनु भएको छ । पहिलो ३ महिना पुराना जनप्रतिनीधीसंग काम गरेर पछिल्लो झण्डै ३ महिना नयाँ प्रतिनिधीसंग काम गरेर २ कार्यकाल सरहकै अनुभव हासिल गर्नु भएको छ । त्यसैगरी लामो समयदेखि ब्यवस्थापन हुन नसकेको फोहोर ब्यवस्थापनमा निजी क्षेत्रलाई जिम्मा दिएर समेत उहाले योगदान पुराउनु भएको छ । चुनावका बेला कुनैपनि विवादमा नआई पुरानाको विदाई र नयाँको सम्मान पूर्वक स्वागत गरेर समेत वाणगंगालाई योगदान पुराउनु भएको स्वयम मेयर अर्यालले नै वताउनु भएको छ।
यतिमात्र होइन राज्यका जुनसुकै निकायसंग प्रत्यक्ष सम्पर्क र सम्न्वयन गर्ने क्षमता राख्ने अधिकृत पन्थीले अन्य धेरै उपलब्धी मुलक काम गरेको समेत विदाईका अवसरमा चर्चा भएको छ । वाणगंगाका सबै जनप्रतिनिधी,कर्मचारी, अग्रज संचारकर्मी सहभागि विदाई समारोहको सहजीकरण शिक्षा शाखा प्रमुख खिम वहादुर जिसी र स्वागत नगर प्रबक्ता विष्णु पौडेलले गर्नु भएको थियो । सो अवसरमा पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे , वर्तमान शाखा कोषध्यक्ष मोहन बेल्वासे लगायतका संचारकर्मीले समेत अविर र खादा लगाएर अधिकृत पन्थीलाई विदाई गर्नु भएको थियो ।
प्रतिक्रिया