खोज–अनुसन्धान

संसदीय समिति सभापतिको सपथ: अर्थमन्त्रीको चर्चा,लेखा समिती सभापतिको पत्र




बुटवल १४ साउन । लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णु प्रसाद पन्थी निर्वाचित भएका छन् । यसैगरी अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका छन् ।

यता लामो समय सम्म अर्थमन्त्री हुने चर्चा पाउदै आएका कपिलवस्तुवाट निर्वाचित सांसद विष्णु पन्थीले संसदको सार्वजनिक लेखासमितीको सभापतिमा नियुक्त भएको पत्र प्राप्त गरेका छन् । सायद एमालेको सरकार टिकेको भए पछिल्लो चरण सम्ममा पन्थी आर्थिक मामिला मन्त्रीमा नयिुक्त हुने संभावना थियो । तर सत्ता समीकरण फेरीदा पन्थीले लेखा समिती सभापतिमा चित्त बुझाउनु पर्ने भएको छ ।

प्रकाशित : १४ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६