काठमाडौं, १४ साउन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् ।शुक्रबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौँ ।’
केही नेताहरूले समाजवादी केन्द्र बनाउने विषयमा कुरा उठाएको भए पनि बैठकमा भने त्यो विषयमा छलफल नभएको प्रचण्डको भनाइ थियो । चल गठबन्धनमा रहेका विचार मिल्ने दलहरूसँग चुनावी मोर्चा बनाउने विषयमा भने आफूहरू छलफलमा रहेको उनको भनाइ थियो ।
उनले अहिलेको सत्ता गठबन्धन कायमै रहने पनि बताए । गठबन्धन टुट्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै उनले यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउने दाबी गरे ।








प्रतिक्रिया