प्रदेश

‘रोट्र्याक क्लव अफ कपिलवस्तु मिड टाउन’को पद हस्तान्तरण




हरि घिमिरे, १४ साउन ।
रोट्र्याक क्लव अफ कपिलवस्तु मिड टाउन वर्ष २०२२/०२३ का अध्यक्ष राजु कुवंरले पदभार ग्रहण गर्नु भएको छ । शुक्रबार बाणगंगा ४ मा रहेको पीस हिमालय रिसोर्टमा भएको क्लवको पाँचौं पद हस्तान्तरण तथा इन्स्टलेसन कार्यक्रमबाट बर्ष २०२१/२०२२ का अध्यक्ष भिमलाल भट्टराई (समिर सायर)ले अध्यक्ष कुवंरलाई पदभार सुम्पनु भएको हो ।
पदभार ग्रहणसंगै नव नियुक्त कार्यसमितिले सपथ पनि लिएको छ । रोट्र्याकको माउ क्लव रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका चाटर्ड प्रेसिडेन्ट लक्षमण अधिकारीले अध्यक्ष कुवंरलाई सपथ खुवाउनु भएको थियो भने कुवंरले कार्यसमितिलाई सपथ खुवाउनु भएको थियो ।


सपथ ग्रहण गरेसंगै रोट्र्याक अध्यक्ष कुवंरले चार नम्बरमा बन्न लागेको रोटरी भवनको निर्माण कार्यलाई सम्पनन गर्न विशेष भूमिका खेल्ने बताउनु भयो । आफ्नो बार्षिक एकसन प्लान सार्वजनिक गर्दै आफ्नो कार्यकालमा नगरमा शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा महत्वपूर्ण काम हुने प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रमकै अवसरमा जेड आर आर रुपेश शर्मा लगाएत अन्य अतिथीहरुले पिन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको अवसरमा निवर्तमान अध्यक्ष भिमलाल भट्टराई (समिर सायर)ले बर्षभरी गरेका कामको प्रगति विवरण र कोषध्यक्ष मदन अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अवसरमा पुर्व अध्यक्ष गणेश कार्कीले २०२२/०२३ का अध्यक्ष राजु कुवंरको परिचय प्रस्तुत गुर्न भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका चाटर्ड प्रेसिडेन्ट लक्षमण अधिकारी, विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी, जोन २३का जेड आर आर रुपेश शर्मा, रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका पुर्व अध्यक्ष बासुदेव घिमिरे लगाएतले भनाई राख्दै क्लबलाई शुभकामना व्यक्त गर्नु भएको थिायो । त्यस्तै वक्ताहरुले रोट्र्याक्टले नगरमा बिभिन्न सामाजिक र मानवीय काम गरेको भन्दै प्रसंसा गरेका छन् । रोट्र्याक क्लब अफ तिलोत्तमा शुद्धोधन रुपन्देहि, रोट्र्याक क्लब अफ तुल्सीपुरका पदाधिकारीको उपस्थिीति रहेको कार्यक्रमको सन्चालन सदस्य मिलन चालिसेले गर्नु भएको थियो ।

प्रकाशित : १४ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६