खोज–अनुसन्धान

प्रशासनको सेवाप्रति प्रजिअले नै प्रश्न उठाएपछि ?




तौलिहवा १४ साउन ।सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही संग नम्रपूर्वक व्यवहार गर्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सवै सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक नै सार्वभौम भएका कारण नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रवाह गर्नु हरेक राष्ट्सेवक कर्मचारीको दायित्व रहेको उनले बताए । यसरी प्रजिअ मिश्राले आफ्नै कार्यलयको सेवा प्रवाहमा पश्न उठाएपछि कर्मचारीमा चुनौती थपिएको हो ।
जिल्ला प्रशासन कार्यालय भित्रै सेवाग्राहीहरुसंग मैत्रीपूर्ण नम्र व्यवहार नभएको गुनासो आफुले पाएको पनि उनले बताए । जिल्लामा सुशासन र भष्टचारका विषयमा आफ्नो शुन्य सहनशीलता रहेको पनि उनले बताए । कहि कतै सेवाप्रवाहमा कसैले घुस माग्ने, दुख दिने लगायतका काम गरे सोझै आफुलाई सम्पर्क गर्न प्रजिअ मिश्राले आम नागरिकहरुमा आग्रह गरेका छन् ।

प्रकाशित : १४ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६