बुटवल १४ साउन ।बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग सडक विभाग बुटवलले स्पष्टीकरण सोधेको छ । कन्चनजंघा–बिरुवा जेभीले ठेक्का पाएको यो सडक दुई पटक म्याद थप्दा पनि पूरा भएको छैन ।ब्यापारिक मार्ग विस्तार आयोजनाले एक हप्ताभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण नदिएमा ठेकेदारलाई कानूनी कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको छ ।‘वाह्य कारण विनै काममा प्रगति नगरेको र सेंशोधित कार्यतालिका पेश गर्न पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त वमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने’–सूचनामा उल्लेख छ ।
निर्माण पूरा नगरेको विषयमा सात दिन भित्र आधिकारिक व्यक्तिहरु उपस्थित भई स्पष्टिकरण दिन निर्देशन गरेको आयोजना प्रमुख दीपक झाले बताए । कांग्रेस निकट व्यवसायी सुबित श्रेष्ठको निर्माण कम्पनी कन्चनजंघा–बिरुवा जेभीको चरम लापरवाहीका कारण निर्धारित समयमा निर्माण पुरा नभएको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले समेत सडक विभागमा डेलिगेसन गएर निर्माण व्यवसायीको म्याद नथप्न आग्रह गरेका थिए ।
सडक निर्माण पूरा नहुंदा बुटवलको मुख्य बजार क्षेत्रको सडक पोखरी जत्रा खाल्डैखाल्डाले दुर्दशा भएको छ । साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । तर अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ ।
१४ श्रावण २०७९, शनिबार
प्रतिक्रिया