प्रदेश

खोटाङ भूकम्प अपडेटः भोजपुरमा २, खोटाङमा १ घर भत्किए



काठमाडौँ, १५ साउन । आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो । त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ । खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको जानकारी दिए ।

१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका परकम्पन निकै समयसम्म आएको थियो । त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो । यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६