प्रदेश

शिक्षा क्षेत्रमा अन्य जिल्लाले कपिलवस्तुलाई हेर्ने हेपाह प्रवृतिको अन्त्य भयोः मेयर अर्याल




हरि घिमिरे, १५ साउन ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा क्षेत्रमा अन्य जिल्लाले कपिलवस्तुलाई हेर्ने हेपाह प्रवृतिको अन्त्य भएको बताउनु भएको छ । होराइजन आवासिय मा.विमा एस.ई.ई उत्तिर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले यस्तो बताउनु भएको हो । केही वर्ष पहिला कपिलवस्तु जिल्लामा शिक्षाको गुणस्तर निक्कै कम छ भनेर छिमेकी जिल्लाले हेप्ने प्रवृत्ति रहेको भए पनि केही वर्ष यता कपिलवस्तु शिक्षाको क्षेत्रमा ठुले फड्को मारेकोले छिमेकी जिल्लाले हेर्ने नजर नै फेरीएको उहाँले बताउनुभएको छ । कोभीडको समयमा सबैभन्दा धेरै क्षती पुगेको शिक्षा क्षेत्र हुँदा हुँदै पनि कपिलवस्तुका विद्यालयले भने देशभर मै सबैभन्दा ठुलो उपलब्धी हाँसील गर्न सफल भएको उहाँले बताउनुभयो । राजधानिका विभिन्न कलेजहरुले कपिलवस्तुका विद्यार्थीले ल्याएको प्राप्ताङ लाई गिज्जयाउने काम गर्थे तर अहिले त्यो प्रवृत्ति लाई कपिलवस्तुको होराइजन अंग्रेजी आवासिय माध्यमिक बिद्यालयले तोडेको छ । “हामिले पनि शिक्षाको क्षेत्रमा राम्रो उपलब्धी ल्याउन सक्छौ भन्ने होराइजन स्कुलले देखाएको छ” ‘हामि खुशि छौं ।’ कपिलवस्तुका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाको शिक्षण शैली पनि निक्कै उत्कृष्ट ठहरीएको मेयर अर्यालले बताउनु भयो ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६