बुटवल १६ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै साथीको हत्यामा सम्लग्न भएको आरोपमा रुपन्देहीको सैनामैनाका कुलचन्द्र गौतमलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार सैनामैना ६ कलौनी बस्दै आएका गौतमले बुटवलको बेलवासमा बस्दै आएका साथी बिष्णु बहादुर पाण्डेको हत्या गरेको आरोप छ। उनीहरु एकआपसमा पुर्व परिचीत साथी हुन।
साउन १० गते देखि हराई रहेका पाण्डेलाई गौतमले नै अर्घाखांचीको डाडा कटेरी लगेर निर्ममता पुर्वक हत्या गरी भिरबाट खसाली दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।अर्घाखाचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्दै आएका पाण्डेसंग गौतमले १६ लाखमा किनेको ट्रकको पैसा तिर्न नसकेपछि कालिज मार्न जाने बहाना बनाएर जंगलमा लगी हत्या गरेको खुलेको रुपन्देही प्रहरीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताए।गौतमले घर बनाउदा र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको रकम तिर्न नसकेपछि हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको केसीले बताए।
प्रहरीका अनुसार पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए। उक्त रकम अर्घाखांची गएर दिन्छु भन्दै साउन ९ गते पाण्डेलाई फकाएर अर्घाखांचीको पाणिनी पु¥याएका थिए।योजनावद्ध रुपमा हत्याको योजना बनाएका गौतमले साउन १० गते कालिज मार्न जाउ भन्दै पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पु¥याएर पछाडीबाट रडले प्रहार गरी हत्यागरी भिरबाट खसाली दिएको प्रहरीको भनाई छ।बुवा सम्पर्कविहीन भएपछि छोरी शीला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय अर्घाखांचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते दिउँसो ३ बजे पाणिनी–२ डांडाकटेरीस्थित सामुदायिक वनमा पाण्डे मृत अवस्थामा फेला परेका थिए।पाण्डेको हत्या गरेपछि लुकेर भारत जान लागेका गौतमलाई रुपन्देही प्रहरीले आज साउन १५ गते बिहान बेलहिया नाकाबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
१६ श्रावण २०७९, सोमबार
प्रतिक्रिया