प्रदेश

रुपेन्देहीको गैडहवा गाउँपालिकाको कार्यालयमा दुई सातादेखि तालाबन्दी



रुपन्देही, १६ साउन । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो ।

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६