कृषि

जसपाका बहुमत केन्द्रिय सदस्य डा. भटराईतिर




बुटवल १६साउन। जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् । मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् ।लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।
जसपा परित्याग गर्नेहरुमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरु गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक समेत रहेका छन् ।

यसैक्रममा केन्द्रिय सदस्य वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा.मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा. भट्टराईको पार्टीमा आवद्ध हुने गरी राजीनामा दिएको मुख्य सचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिएका छन ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६