पशुपति गिरी कपिलवस्तु ।१६ साउन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पतालमा भएको रक्तदान कार्यक्रममा २७ युनिट रक्त संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटि तौलिहवा र कपिलवस्तु सामुदायिक अस्पतालको पनि प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुका अध्यक्ष प्रकाश गौतमले बताउनुभयो ।
बढ्दो रगतको मागलाई परिपुर्ती गर्नका लागी सामाजिक क्षेत्रमा क्रियाशिल संगठन नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले खुल्ला रक्तदान कार्यक्रम गरेको अध्यक्ष गौतमले बताउनुभयो । अस्पताल हरुमा देखिएको रगत अभावलाइ कम गर्न सहयोग पुगोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।

उहाँले यो मानवीय कार्य सफल पार्न सहयोग गर्ने संगठनका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाईटि तौलिहवा, कपिलवस्तु सामुदायिक अस्पताल, संघ, संस्था, रक्तदाता लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन बाणगंगा नगर कमिटि अध्यक्ष दिपक पाण्डे, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष शंकर पौडेल, नेपाल रेडक्रस सोसाइटी कपिलस्तुका मन्त्री सन्तोष श्रीवास्तव, पेशागत महासघ कपिलवस्तुका अध्यक्ष वावुराम शर्मा, कपिलवस्तु सामुदायिक अस्पतालका प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा वाणगगाका अध्यक्ष शकंर पाण्डे लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया