बाणगंगा, १७ साउन ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कोईलि नदिले बगाउदाँ बेपत्ता भएका दुईजना मध्य एक जनाको सव भेटिएको छ ।
कोइली नदीले बाणगंगा ७ का एकै परिवारका श्रीमान श्रीमतिलाई बगाएको थियो । बर्दहवाको काईला खेल मैदान पछिको नदि तटमा श्रीमति लक्ष्मी सुनारको सव भेटिएको स्थानियले बताएका छन् ।
नदी तर्ने क्रममा उनलाई नदीको बहावले बगाएको हो । श्रीमान बिर बहादुर सुनारको खोजी कार्यजारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।








प्रतिक्रिया