प्रदेश

अधिकृत जोशीलाई लाखौँ रकम हिनामिना गरेको आरोप



अर्घाखाँची १७ श्रावण – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीलाई लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बहानामा उनले चार लाख ४७ हजार पाँच सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक राखेर कमिसन खाएको देखिन आएपछि अख्तियारले जोशीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उक्त पालिकाबाट सरुवा भएका उनले खरिद गरेका सामग्रीहरु कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा नभेटिएपछि अख्तियारले अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको बताइएको छ ।उनले हिनामिना गरेको रकम चार लाख ४७ हजार पाँच सय रुपैयाँ असुल गर्नुपर्ने मागसहित अख्तियारले कैद सजायको मागदाबी गरेको हो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६