प्रदेश

लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरबारे आज टुङ्गो लगाउने तयारी



बुटवल १७ साउन
लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताएका हुन् । काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने बताए ।
नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो । लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठरआठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेकाछ न् ।
नेपाली काँग्रेसले मन्त्रीहरू फेर्नासाथ माओवादीले पनि फेर्ने तयारी गरेको छ । तर त्यसो नभएमा अहिलेकै मन्त्रीहरु यथावत् रहने माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । काँग्रेस र माओवादीबीच प्रदेश सरकारको बजेट पारित गरेपछि साउन ५ भित्र लुम्बिनी सरकारका मन्त्री हेरफेर गर्ने आन्तरिक सहमति भएको थियो । त्यही अनुसार काँग्रेसले असार १३ गते नै संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने विषयमा निर्णय गरेको थियो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६