प्रदेश

लागू औषधसहित कपिलवस्तुमा तीन जना पुरुष पक्राउ




कपिलवस्तु, १७ साउन ।
लागू औषधसहित कपिलवस्तुमा तीन जना पुरुष पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले जिल्लाको शुद्धोधन गाउँपालिका ५ हथिहवाको भारतीय सिमानाकाबाट आउँदै गरेको वा १३ च १७२० नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा ती कारोबारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ११ भुजौलीका ५८ बर्षीय दुर्गा कुर्मी, मायादेवी गाँउपालिका ६ खजुरीयाका ४० बर्षीय पम्पु कहार र सिद्धार्थनगर नगरपालिका एयरपोर्ट बस्ने ४८ बर्षीय सवारी चालक रमेश महर्जन रहेको प्रहरी नायव उपरिक्षक जेशी शाहले बताए ।

उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा विन्डलस् लेखेको निलो ४ क्याप्सुल, २४ पिस ब्याप्सुल, १० नं। लेखेको सेतो खुल्ला अवस्थामा रहेको ३० ट्याब्लेट र विन्डलस् लेखेको १०० एम एलको बोत्तल फेला परेको प्रहरी नायव उपरिक्षक शाहले जनाए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६