बुटवल १७ साउन । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीसँग एकता गर्ने र माओवादीसँग कार्यगत एकता हुनेगरी छलफल गरिरहेको दाबी गर्नुभएको छ । भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सकेसम्म एमाले बाहेकको पार्टी एकता गर्ने नभए एकीकृत समाजवादी र माओवादीसँग मोर्चा बनाउने पक्षमा आफू हेको खुलाउनु भयो ।
मोर्चा नबने एक्लै भए पनि आगामी सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने उहाँको भनाई थियो । कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने भन्दै उहाले बाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको बताउनु भयो ।नेता गौतमका अनुसार पार्टीले ५ र १० बर्से कार्य योजना बनाएको दाबी गर्नुभयो । पार्टीले विकासको कामलाई महत्त्वका साथ अगाडि बढाउने र ५ वर्षमा कृषि र उद्योगलाई आत्मनिर्भर बनाउने गरी पार्टी लाग्ने उहाँको दाबी छ ।
१७ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया