प्रदेश

मधुसुधन भुसालको अध्यक्षतामा बाणगंगामा नगरस्तरिय युवा क्लव गठन




बाणगंगा, १८ साउन ।
बाणगंगामा नगरस्तरिय युवा क्लव गठन भएको छ । बुधबार नगरपालिकाको सभाहलमा बसेको एक बैठकबाट मधुसुधन भुसालको अध्यक्षतामा क्लव गठन भएको हो ।

जसको उपाध्यक्षमा शान्ता खनाल, सचिवमा दुर्गेश चौधरी, सहसचिवमा सृष्टि भर्तेल र कोषाध्यक्षमा लक्ष्मण न्यौपाने सर्वसम्मत चयन भएका छन् । बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.ले युवाहरुको मूलभुत समस्या पहिचान गर्दै समस्या समाधान गर्ने बाटोमा लाग्न आग्रह गरे ।

युवाको सर्वाङ्गीण विकासका लागी नगरपालिका सदैव साथमा रहेको बताउँदै उनले युवाहरु थप सक्रिय हुन आवश्यक रहेको बताए । युवा क्लवका अध्यक्ष मधुसुधन भुसालले युवाहरुको हकअधिकारसंगै उनीहरुको उत्तरदायित्वका सवालमा सक्रिय हुदैं अघि बढ्ने प्रतिवद्धता जनाए ।

नगरस्तरिय युवा क्लव गठन बैठकमा जिल्ला युवा परिषद कपिलवस्तुका अध्यक्ष टुकलाल गैरे, सिद्धार्थ सामाजिक विकास संस्थाका आरटी खान लगायतको उपस्थिती थियो ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६