प्रदेश

आज बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचन मितिबारे निर्णय हुने सम्भावना




काठमाडौं, १९ साउन । आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो । चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने सत्ता गठबन्धनका नेताहरुको बुझाइ छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६