काठमाडौं, १९ साउन । नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले अमेरिकालाई द्वन्द्व र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्नुभएको छ ।
विप्लव नेतृत्वको अन्तर्राष्ट्रिय विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्वन्द्व निम्याउन खोजेको उल्लेख गरिएको छ ।
विश्वका सबै देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा एक चीन नीति विपरीत पेलोसीले भ्रमण गरेको विप्लवले बताउनुभएको छ ।
‘यो भ्रमणले चीन र ताइवानबीच थप द्वन्द्व मात्रै चुलिएको छैन । एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो पुरानो चरित्र फेरी नाङ्गो रुपमा विश्व सामु देखाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया