प्रदेश

मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने




काठमाडौं, १९ साउन । मंसिरमा हुने सङ्घीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलनमा करिब साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।

पछिल्लो २,३ दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताउनुभयो । ६ महिना अघिसम्म मतदाता नामावली सङ्कलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम सङ्कलन भएको हो ।

आयोगले १ असारदेखि यसअघिका मतदाताहरूलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको आयोगको भनाइ छ ।

आयोगले उनीहरूको विवरण छुट्टै राख्छ । स्थानीय तहबाट मृत्युदर्ता गरेकाहरुले लगत समेत घटाउन हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने आयोगले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेकाले शुक्रबारदेखि नामावली सङ्कलनको काम रोकिने आयोगले जनाएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६