प्रदेश

सर्वोच्चले शुक्रवार पनि पूरा समय सेवा दिने




काठमाण्डौ २० साउन – सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।


अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ ।

अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।


पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आज पनि अदालत खुल्ने भएको हो ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६