प्रदेश

अलपत्र ‘पानी जहाज’ : बाहिर बोराको टालो, भित्र माकुराको जालो



चितवन २० साउन : चितवनको नारायणी नदीमा सञ्चालन गर्ने उद्देश्यले बनाइएको क्रुजसीप ९सानो पानीजहाज० अलपत्र अवस्थामा पुगेको छ । दुई वर्ष अगाडि नै सञ्चालनमा आउन लागेको भनिएको पानी जहाज अहिले बेवारिसे जस्तै बनेको छ । नदी किनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बाहिर बोराको टालोले छेकिएको छ भने जहाजभित्र माकुराको जालो लागेको छ ।
सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम सकिएको थियो । २०७६ साल फागुनदेखि अनलाइन टिकट बुकिङ्ग सुरु गर्ने बताइएको थियो । नदीमा परीक्षण सफल भएको जहाज नियमित सञ्चालनमा नआउँदै बेवारिसे बन्न पुगेको हो ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिमार्फत भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले जहाजको निर्माण गरेको थियो । क्रुजमा दुई इञ्जिन रहेका छन् । लामो समयदेखि इञ्जिन चलेको छैन । निर्माणका लागि १५ करोड रुपैयाँ हाराहारी खर्च भएको जनाइएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६