काठमाडौं २० साउन – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ(आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पुरा गर्न निर्देशन दिएका छन्। बिहिबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८ र७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनुपर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।
अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न मन्त्री शर्माले निर्देशन दिए । अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने उनको भनाइ छ ।
सामान्यतया कुनै पनि फाइलहरू एकै दिनमा अगाडि बढाउन र कानून मन्त्रालयको राय लिनुपर्ने अवस्थामा पनि छिट्टो राय लिएर फाइल अगाडि बढाउन पनि उनले निर्देशन दिए । साना किसान विकास बैंकले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पुरा गर्ने गरि उत्पादन बढाउन किसानको खेत खेतमा पुग्न पनि मन्त्री शर्माले निर्देशन दिए ।
२० श्रावण २०७९, शुक्रबार








प्रतिक्रिया