प्रदेश

रवि लामिछाने भन्छन, सिंहदरबारको ढोका जनताको लागि खुल्नेछ



चन्द्रौटा,२० साउन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारको ढोका अब जनताको लागि खुल्ने बताउनुभयो । अहिले सम्म जनतालाई छिर्न नदिने सिंहदरबारमा जनताको गुनासा सुन्न तथा जीवन सहज बनाउनको लागि खोलिने उहाँले बताउनुभयो । कपिलवस्तुको चन्द्रौटामा भएको युवाकोहरुको भेलालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार खोस्न कसैले नपाउने दाबी गर्नुभयो । ‘मङ्सिर मा हुने निर्वाचनमा लाखौँ युवाहरू जीवनमा पहिलो पटक मतदान गर्दै छन् ,लामिछानेले भन्नुभयो , ‘युवाहरूले देशमा हुने बेथितिको मूकदर्शक बन्दैनन्, ।’
देशका अधिकांश नागरिकहरू साना साना समस्याले ग्रसित रहेको बताउनुभयो । मन्दिर पस्दा पनि पहुँच लगाउनुपर्ने बाध्यता आएकोले यसको अन्त्य हुने दाबी गर्नुभयो । हरेक ठाउँमा सेटिगको आधारमा आफ्ना आफन्तहरूलाई विभिन्न निकायमा नियुक्ति हुने गरेको आरोप लगाउनुभयो । देश बनाउने सङ्कल्प सहित राजनीतिमा आएकोले जनतामा सङ्कल्प सहितको विकल्प राष्ट्रिय स्वतन्त्र पाटी रहेको उहाँले जिकिर गर्नुभयो ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६