प्रदेश

जिप र अटो ठोक्किँदा पाल्पामा एकको मृत्यु, तीन घाइते



पाल्पा, २१ साउन । पाल्पाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामपुर–५, मटेरीमा डेरा लिइ बस्ने ४५ वर्षका चोकबहादुर ढेँगा रहनुभएको छ । जिप र अटो आपसमा ठोक्किदा गम्भीर घाइते हुनुभएका ढेँगाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी रामपुर–३, का ३७ वर्षीय सुरेन्द्र थापा, सोही स्थानमा १० वर्षीया अन्जली थापा र १२ वर्षकी पुष्पा थापा घाइते हुनुभएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित : २१ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६