प्रदेश

कपिलवस्तुमा एक बर्षमा करिब ३३ हजारले नागरिकता बनाए




कपिलवस्तु २१ साउन ।
कपिलवस्तुमा गत आर्थिक बर्ष २०७८/०७९ मा ३२ हजार ८०४ जनाले नागकिरता बनाएका छन । जसमध्ये २९ हजार ३९० जनाले बंशजको नागरिकताको प्रमाण पत्र लिएका छन । यस्तै बवाहिक अंगीकृत ३ हजार ४ सय जनाले र अंगीकृत १४ जनाले नागरिकता बनाएका हुन । यस्तै प्रतिलिपी नागरिकताको प्रमाण पत्र १० हजार ६१२ जनाले बनाएका छन । प्रशासन कार्यालयको प्रशासन फाट अनुसार एक बर्षमा ६ हजार ६७७ जनाको राहदानी बितरण गरिएका छन । यस्तै दु्रत राहदानीकालागि २ हजार ८७० जनाले सिफारिस लगेका छन । नागरिकता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटा बन्ने गरेका छन । राहदानी भने जिल्ला प्रशासन कार्यालयमा मात्र बन्ने गरेको छ । राष्ट्रिय परिचय पत्रका कारण जिल्लामा नागरिकतामा बनाउनेको भीड नै लाग्ने गरेको छ । राष्ट्रिय परिचय पत्र, नागगरिकता र राहदानीकालागि छुट्टा छुट्टै फाटको ब्यवस्था गरिएका छन । नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रकालागि लाग्ने गरेको भीडका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ । सेवाग्राहीको चापका कारण नागरिकतामा कुपन र राहदानीकालागि लन लाईनबाट कुपन लिई पालो कुर्नु पर्ने ब्यवस्था गरिएको छ । प्रजिअ धर्मेन्द्र कुमार मिश्रले सेवाग्राहीलाई चाडो र प्रभावकारी सेवा दिने सोच भए पनि कर्मचारी अभाव र सेवाग्राहीको चोपले गर्दा गाह्रो परेको बताए । उनले सके सम्म चाडो सेवा दिन सबै फाटका प्रमुखलाई निर्देशन दिएको उनले बताए । नागरिकता सम्बन्धी बिधयेक पास भए पछि अब प्रशासन कार्यालयमा नागरिकताकालागि झनै भिड हुने देखिएको छ ।

प्रकाशित : २१ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६