खोज–अनुसन्धान

ठूलादलका ठूला नेतालाई पाखा लगाऔ देश बन्छ : रवि




बुटवल २१ साउन ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरु नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो । उहाँले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाउनुभयो ।

लामिछानेले ठूला दलका नेताहरुले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरुलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताउनुभयो ।अध्यक्ष लामिछानेले आफुहरु २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउदै भ्रष्टाचारलाई न्युनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफु राजनीतिमा आएको जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : २१ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६