जीवनशैली

आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो वर्षा नहुने



काठमाण्डौ २२ साउन – आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । अब आज रातिदेखि पर्सि दिउँसोसम्म भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
मनसुनी न्यून चापीय प्रणाली भारतर्फ सरेकाले आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो पानी पर्ने उहाँले बताउनु भएको हो । तर, त्यसपछि भने फेरि ठूलो वर्षाको सम्भावना छ । यस्तै, हल्कादेखि मध्यम वर्षा भए पनि पहिरोको जोखिम रहेकाले सतर्क रहन मौसमविद्को आग्रह छ । साना नदी तथा खोलामा बाढी, पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६