प्रदेश

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो



गुल्मी, २२ साउन । गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । ट्रकका सहचालक भने जोगिएका छन् ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६