प्रदेश

सामुदायिक विद्यालयलाई शूल्क नलिन नगरपालिकाको निर्देशन




कपिलवस्तु २३ साउन ।कपिलवस्तु नगरपालिकाले साहसिक निर्णय गरेको छ । जिल्ला सदरमुकाममा रहेको कपिलवस्तु नगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयहरुलाई शूल्क नलिन निर्देशन जारी गरेको छ ।एक सूचना जारी गर्दै नगरपालिकाले गत जेष्ठ १७ गते भएको नगर कार्यपालिकाको निर्णयनुसार सामुदायिक विद्यालयको शिक्षा निशूल्क गर्नका लागि कुनै पनि बहानामा अभिभावकसंग शूल्क नलिन निर्देशन दिएको हो ।कुनै पनि बहानामा सामुदायिक विद्यालयहरुले शूल्क लिएको थाहा पाए विद्यालय सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाबाट अनुदान रकम निकासा हुने हुँदा यदि कुनै पनि सामुदायिक विद्यालयहरुले कुनै बहानामा विद्यार्थी तथा अभिभावकबाट शूल्क लिएको पाइएमा अन्य सम्पूर्ण अनुदान रकमको निकासा रोक्का हुने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६