प्रदेश

पहिलो दिन ६ वटा पार्टीले दल दर्ता गरे



काठमाण्डौ २३ साउन – मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल एकीकृत समाजवादी, जनता समाजवादी जसपा, लोकतान्त्रिक समाजवादी लोसपा लगायतका दलहरुले चुनाव केन्द्रित छलफल र भेटवार्ता सुरु गरिसकेका छन् ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६