जीवनशैली

आज वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान



काठमाण्डौ २३ साउन – आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन । यतिबेला काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । काठमाण्डौमा बेलुकीपख भने पानी पर्ने अनुमान छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६