प्रदेश

श्रद्धालुले ४ किलोमिटर घस्रँदै गएर कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा जर्लापण गरे




कपिलवस्तु, २३ साउन ।
साउन महिनाको सोमबार श्रद्धालुले ४ किलोमिटर घस्रँदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् । तिथिका हिसाबले अन्तिम सोमबार भएकाले घस्रँदै मन्दिर पुग्ने धेरै थिए ।

वाणगंगा नदीको रामघाटमा स्नान गरी शुद्ध भई बिहानैदेखि सदरमुकाम तौलिहवास्थित मन्दिरमा घस्रँदै जर्लापण गर्न जाने धेरै थिए । श्रद्धालु आइतबार साँझ नदी पुगेर जाग्राम बसेका थिए । राति २ बजेदेखि नदीमा स्नान गरी चोखो भएर बाटोमा सुत्दै, घस्रँदै श्रद्धालुहरु मन्दिर पुगेका थिए ।

ठाउँ–ठाउँमा रोकिँदै आराम गर्दै उनीहरु अघि बढेका थिए । स–साना बालकदेखि युवा, महिला पनि घस्रँदै मन्दिर पुगेका थिए । चर्को घाममा घस्रदै अघि बढ्नेलाई ठाउँ–ठाउँमा स्थानीयले पानीले भिजाइदिने गरेका थिए ।
ठाउँठाउँमा घस्रँदै जर्लापण गर्न जानेलाई नगरपालिकाको दमकलले पानी फालेर सहयोग गरेको थियो । ४ किलोमिटर कालोपत्रे बाटो श्रद्धालुले २ देखि ५ घण्टा लगाएर पार गर्दै मन्दिर पुगेका थिए ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६