प्रदेश

गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिने



गुल्मी, २३ साउन । गुल्मीको धुर्कोट गाउँपालिकाले एसइईपछि तीन वर्षे प्राविधिक क्षेत्रको विषय अध्ययन गर्नका लागि छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाले बाली विज्ञान र भेटेनरी विषयमा तीनरतीन जना, अमिन र ओभरसियर विषयमा दुई,दुई जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ।

छात्रवृत्ति लिन इच्छुक गाउँपालिकाभित्रका दलित, असाह्य र विपन्न विद्यार्थीलाई सम्बन्धित वडामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए।

दलित, आर्थिक अवस्था कमजोर भई घरको उत्पादनले ६ महिना खान नपुग्ने, एक घरको कुनै पनि व्यक्ति देश वा विदेशमा रोजगारीमा नभएको, अन्य कुनै संघ संस्थाबाट छात्रवृत्ति नलिएकोलगायतको मापदण्ड बनाइएको छ। छात्रवृत्ति लिन योग्य विद्यार्थीलाई सम्बन्धित वडाले सिफारिस गर्नुपर्ने पन्थीले जानकारी गराए ।

दलित तथा विपन्न विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण कार्यविधि २०७९ अनुसार हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले पदभार ग्रहण गर्दा प्राविधिक विषय पढ्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका थिए। तीन वर्षसम्म पढ्नका लागि विद्यालयमा लाग्ने शुल्क गाउँपालिकाले व्यवस्था गर्ने अध्यक्ष पोखरेलले जानकारी गराए।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६