प्रदेश

अध्यक्ष ओली भन्छन्, अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्छ



काठमाण्डौ, २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै उहाँले वनको सदूपयोग गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

सामुदायिक वन दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो । सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसै कारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने रु वनको सुरक्षा हुनुपर्‍यो र त्यसको सदुपयोग पनि हुनुपर्‍यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनुपर्दछ । सामुदायिक वनमार्फत राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिङ्गो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्त्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतिहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेर अघि बढ्दा सिङ्गो मानवजातिकै हित हुने धारणा पनि राख्नुभयो । उहाँले केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनुभयो ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६